• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

कम्युनिष्ट दास हुन सक्दैन : नेता नेपाल

काठमाडौं ।  नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन शुद्धीकरणको आवश्यकता रहेको बताएका छन् । 

 

नेपालले पार्टीभित्रका घाउ–खटिराले दुःख दिइरहेको बताउदै अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन, नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताएका छन ।

 

पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अब पार्टी भित्र  अपमान सहेर नबस्ने बताएका छन ।

 

गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए। उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन,' अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार