कांग्रेस बाराले सुरु गरेको धर्नाको आज १२ औं दिन, जथाभावी बितरण गरिएको क्रियाशील सदस्यता सच्याउनु पर्ने माग
काठमाडौं । क्रियाशील सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ताले सुरु गरेको धर्ना आज १२ औं दिन पुगेको छ ।
धर्नामा कांग्रेस नेता राम अयोध्या यादव, लालबाबु सिंह, महागढिमाइ नपाका मेयर उपेन्द्र यादव, किशोरी यादव लगायत वडा सभापतिहरु सहभागी छन ।
सदस्यता बितरणमा लापरबाही भएको र तत्काल सच्याउनु पर्ने महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए ।
धर्नामा सहभागी नेता तथा कार्यकर्ताले क्रियाशील छानविन समिति जिम्मेवार नभएको आरोप लगाउदै आइरहेका छन ।
प्रतिकृया दिनुहोस