भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीको छापा
काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो ।
अखबारले सरकारले गरेको कोभिड नियन्त्रणको प्रयासको सन्दर्भमा प्रश्न उठाइएको थियो । कोभिड महामारीको दौरान खोजमुलक खबर प्रकाशित समेत गरेको थियो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको उल्लेख छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक भास्करको कार्यालयमा छापा मार्नु मिडियालाई डर देखाउने प्रयास भएको टिप्पणी गरेका छन । एजेन्सी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस