चितवनमा गोली लागेको अवस्थामा एक युवकको शव फेला
भरतपुर । चितवनमा गोली लागेको अवस्थामा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित खेतमा शंकास्पद अवस्थामा युवकको शव फेला परेको हो ।
शव बस्तीबाट करिब ३ सय मिटर परको खेतमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिएका छन । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको छ ।
पैदलयात्रीले बाटोमा रगत देखेपछि घोलमा हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।भने मृतकको सनाखत हुन सकेको छैन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस