• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

चितवनमा गोली लागेको अवस्थामा एक युवकको शव फेला

भरतपुर । चितवनमा गोली लागेको अवस्थामा एक युवकको शव फेला परेको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित खेतमा  शंकास्पद अवस्थामा युवकको शव फेला परेको हो ।

 

शव बस्तीबाट करिब ३ सय मिटर परको  खेतमा  शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिएका छन । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको छ ।

 

पैदलयात्रीले बाटोमा रगत देखेपछि घोलमा हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।भने मृतकको सनाखत हुन सकेको छैन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार