• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

ओलम्पिकको ३५ औं संस्करण अष्ट्रेलियाको ब्रिसबेनमा हुने

काठमाडौं । ओलम्पिकको ३५ औं संस्करण सन् २०३२ मा अष्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ ।

 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को हिजो बसेको बैठकले ब्रिसबेनलाई ३५ औं ओलम्पिक र पाराओलम्पिकका लागि स्वीकृति दिएको हो ।

 

१५ सदस्यीय कार्यसमितिले जुन महिनामा नै ब्रिसबेनको नाम प्रस्ताव गर्ने निर्णय गरेको थियो। ओलम्पिकका लागि इन्डोनेसिया, चीन, कतार, हंगेरी र जर्मनीका शहरले पनि दावी गरेका थिए ।

 

यो निर्णयसँगै अब अष्ट्रेलियाले तेस्रो पटक ओलम्पिक आयोजनाको अबसर पाएको छ। उसले यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी ओलम्पिक आयोजना गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार