• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

मौसमसम्बन्धी कडा चेतावनी, चीनमा बाढीले भूमिगत रेल स्टेशन डुबाएपछि हतास यात्रुहरू

काठमाडौं । मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए । र, अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पुर्‍याइदियो।

 

रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो। आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाइ माथि धकेलिरहेका थिए भने कम उचाइका व्यक्तिहरूलाई अन्यले बोकिरहेका थिए। सामाजिक सञ्जालमा देखिएका केही भिडिओहरूमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ।

 

बाहिर झन् धेरै पानी रहेको थाहा नहुँदासम्म एक जना यात्रुले झ्याल फुटाउने प्रयास गरिरहेका थिए। केहीले बित्यास लाग्दो स्थितिको भिडियो खिँचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए। 'म अब थप बोल्न सक्दिन,' एक जना महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन्।

 

'२० मिनेट भित्र उद्धार नभए सयौँको सङ्ख्यामा रहेका हामीले ज्यान गुमाउने छौँ । कैयौँ घण्टाको त्रास र अनिश्चितता पछि उद्धार कार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्न थाल्यो।

 

हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ। त्यसपछि अचानक त्यहाँ हावा आयो,' नाम नखुलाइएकी एक महिलाले सराकारी प्रसारक सीसीटीभीलाई भनिन् ।

 

जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भए । झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार