• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

तस्बिर : राजन काफ्ले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा चार गतेदेखि सुरू भएको १० औँ केन्द्रीय कमिटी बैठक निरन्तर जारी रहेको छ ।

 

बैठकमा सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण तथा शुद्धीकरण अभियानलगायत विषय कार्यसूचीमा रहेका छन् ।

 

हिजोको  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका थिए । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार