• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

चीनसँग खरिद गरिएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै 

काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ।

 

गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताए। भेरोसेल लिएर आएको विमान फेरि खोप लिन आजै बेइजिङ उड्ने छ। निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ।

 

यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो। आज पनि सोही संख्यामा खोप आउने जनाइएको छ।

 

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्नेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार