• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

समाजसेवी श्रेष्ठले आफ्नो ८४औं जन्मदिनमा गरे छात्रवृत्तीको घोषणा 

बद्रीप्रसाद ढकाल, काठमाडौं । समाजसेवी उत्तरकुमार श्रेष्ठले आफ्नो ८४ औं जन्मदिवसका दिन छात्रवृत्तीको घोषणा गरेका छन ।

 

झापाको दमकमा सिद्धार्थ उच्च मावी (२०३५) का संस्थापक शिक्षाप्रेमी श्रेष्ठले आफ्नो ८४औं जन्मदिनका आफना केही प्रतिबद्धता व्यक्त गरेका छन् – सिद्धार्थ बोर्डिङ्ग अध्ययन गर्ने (कक्षा ११ का गरिब तथा जेहन्दार विद्यार्थी मध्ये एकलाई छात्रवृत्ति दिन निजी तवरबाट ५,००,०००/– पाँच लाख अक्षय कोष जम्मा गरेर हरेक वर्ष छात्रवृत्ति दिइने । प्रतिभा निकेतन दमक (झापा) लाई आफ्नो कृति ज्ञानका कुरा र अन्य पुस्तक बिक्रीबाट प्राप्त हुने रकममध्ये केही प्रदान गर्ने योजना छ । 

 

पूर्वी नेपालको प्रशासनिक तथा शैक्षिककेन्द्र धनकुटामा वि.सं.१९९५ साउन ७ गते जन्मेका श्रेष्ठ करिब चारदशक लामो शिक्षण पेसामा रहेर लाखौँ नेपाली किशोरलाई ज्ञानी, सदाचारी, देशप्रेमी र मानवतावादी तथा उदार ह्रदयी समाजसेवीका रूपमा परिचित छन । 

 

आफ्नो सम्पूर्ण जीवन ज्ञान दिने वा बाँड्ने र समाजसेवामा अर्पण गर्ने श्रेष्ठ जीवनको उत्तराद्र्धमा सूत्रात्मक शैलीमा ज्ञान सञ्चयन, अभिलेखन र प्रकाशनमा लागेका हुने । वि.सं.२०७४ मा ज्ञान–अमृत नामक कृति प्रकाशित गरेर उनले  विश्वका आध्यात्मिक र दार्शनिक व्यक्तित्वहरूको जीवनी र तिनका कार्यका साथै नेपालका विविध क्षेत्रका विशिष्ट साधक र स्रष्टाको व्यक्तित्व र कृतित्वको सारसंक्षेप प्रस्तुत गरेर नेपाली वाङ्मयका क्षेत्रमा उल्लेख्य कार्य गरेका छन् ।   

 

गीता, कर्तव्य, नैतिकता ज्ञान–अमृत जस्ता महत्वपुर्ण ग्रन्थ प्रकाशित गरिसकेका श्रेष्ठका अन्य दुई कृति जन्म र कर्म तथा ज्ञानका कुरा प्रकाशोन्मुख छन् । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार