कांग्रेस नेता डा.अमरेश कुमार सिंहले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा.अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।
पार्टीमा विद्यानविपरीत धाँधली गरेर क्रियाशिल सदस्यता बाँडिएपछि आफू पदमा बस्न नसक्ने भन्दै बुधबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
उनका अनुसार पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारहरुले चलाएका छन् । उनले क्रियाशिल सदस्यता वितरणमा केही नेताको भरमा चलखेल गरिएको भन्दै पदबाट राजीनामा दिएको बताए ।
बीपी स्मृति दिवस पारेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।
प्रतिकृया दिनुहोस