• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

सिपीले टोक्यो ओलिम्पिक्स विथोल्न सक्ने चिन्तामा जापानी अधिकारीहरू

काठमाडौं । टोक्योमा अधिकारीहरू एउटा प्रमुख ओलिम्पिक खेलस्थलमा एउटा समुद्री जीवका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्याबाट महत्त्वपूर्ण जलक्रीडाहरू प्रभावित होला कि भन्ने पिरलोमा छन्।

 

सबै पूर्वाधार समयभन्दा अघि नै तयार भएका थिए। तर अनपेक्षित समस्याका कारण उनीहरूले १२ लाख ८० हजार डलर आपत्कालीन पुनर्निर्माणमा खर्च गर्नुपर्‍यो। त्यसअघि उनीहरूले सिपीका कारण समस्या उत्पन्न होला भनेर सोचेका पनि थिएनन्। पहिला टोक्यो बेको सी फरेस्ट वाटरवेको सतहमुनि सिपीका कारण समस्या देखा पर्‍यो। उक्त स्थानमा क्यानोइङ एन्ड रोइङ खेल आयोजना हुन लागेको छ।

 

अन्तर्राष्ट्रिय नियमानुसार पानी छचल्किएर प्रतियोगीलाई प्रभावित नपारोस् भन्ने उद्देश्यले विशेष उपकरणहरूको व्यवस्था गरिएको थियो। तर आश्चर्यजनक रूपमा ती तैरिने सामग्रीहरू डुब्न थाले र तीमध्ये दुईतिहाइ पानीमुनि गए।

 

अलमलमा परेको सरकारले त्यसबारे अनुसन्धान गर्‍यो र त्यसको कारक सिपी भएको पत्ता लगायो। ती जीवहरू ठूलो सङ्ख्यामा उक्त उपकरणमा टाँसिएका थिए। तिनैले ती उपकरणलाई पानीका छालमुनि पुर्‍याइदिएका थिए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार