• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

भीम रावललाई भेट्न माधव नेपाल पुगे उनकै निवास

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल सहभागी नभएपछि उनलाई भेट्न उनकै निवास टोखा पुगेका छन्। आफूनिकट नेताहरुलाई बोलाएको बैठकमा रावल अनुपस्थित भएपछि उनलाई भेट्न नेपाल टोखा पुगेका हुन् ।

 

साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका रावल एमालेका नेपालसँग रुष्ट छन्। पार्टी अध्यक्ष ओली पार्टी एकताका लागि तयार रहँदा पनि नेपाल नै चिढिएपछि एकता भंग भएको रावलले बताएका छन् ।

 

पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति नेता नेपालकै कारण असम्भव भएको नेता रावलको ठहर छ । साउन २ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिनु र पार्टी एकता गर्न १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली लचक हुँदा नेता नेपालले आफूनिकट सांसललाई संसद जोगानका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन उर्दी जारी गरेका थिए।

 

पार्टी एकताको अन्तिममा घडीमा नेता नेपालले दिएको निर्देशन गलत भन्दै रावलले त्यहीँ दिन सभामुख अग्नि सापकोटालाई सांसद पदबाट राजीनामा पत्र बुझाएका थिए। तर, अहिलेसम्म उनको राजीनामा पत्र स्वीकृत भएको छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार