थप २८३८ जनामा कोरोना पुष्टि, ३० को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस