कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने
काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ।
मंगलबार राष्ट्रिय परीक्षा बोर्डले रोकिएको परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म गर्ने गरी परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।
विद्यार्थीले परीक्षा केन्द्र होम सेन्टर अर्थात् विद्यार्थीले पढेकै विद्यालयमा तोकिएको छ। परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ।
गत वर्ष पनि १२ कक्षाको परीक्षा कोरोना महामारीकै कारण रोकिएको थियो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस