• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

एरिनाको क्यानभासमा अड्किएका नगरकोटीका नजर

०००

 

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय चित्रकला प्रदर्शनी चलेको थियो दुईवर्ष अघि ।

 

लेखक कुमार नगरकोटी पनि चित्रकला हेर्न आर्ट काउन्सिल आइपुगेका थिए, आफ्नै पारामा। पहिलो तलादेखि चित्र हेर्दै गरेका नगरकोटी एउटा रातो क्यानभासमा पुगेपछि भने धेरैबेर रोकिए। उक्त चित्रले उनको ध्यान निकै आकृष्ट गरेको थियो ।

 

त्यो चित्र थियो एरिना ताम्राकारको सदावहार शैलीको महिलाको शौर्यमाथिको कला । हनुमानको प्रतीक मानिने सुन्तला रंगको उक्त चित्रमा महिला अनुहारमात्र ठूलो आकार देखाइएको छ। तर एकै अनुहारबाट जीवनका अनेकौं आयाम देखाउन सफल यो चित्र एरिनाको चर्चित चित्रहरूमध्ये एकपर्छ ।

 

एक विख्यात लेखकले अर्का चर्चित चित्रकारको क्यानभास गहिरिएर हेरेको यस्तो दृश्य नेपाली कला क्षेत्रमा विरलै पाइन्छ । 

 

तस्वीर स्रोत : फ्रेसन्युज नेपालको फाइलबाट 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार