• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

लुम्बिनी, कर्णाली र गण्डकीको घटनाले संघियताको औचित्य माथि फेरि प्रश्नचिन्ह खडा भएको छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि  प्रश्नचिन्ह खडा भएको बताएका छन् । 

 

थापाले प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत, अमर्यादित र असंवैधानिक  भएको टिप्पणी गरेका छन ।

 

'देशले धान्न नसक्ने र अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौँ'' उनले लेखेका छन ।


सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन, 'लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ।प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत,अमर्यादित र असंवैधानिक छ। देशले धान्ने नसक्ने र अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौँ'


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार