• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

नेपाली कांग्रेस चौधौं महाधिवेशनको चटारोमा

ती बेला नेपाली कांग्रेस चौधौं महाधिवेशनको चटारोमा छ। सभापति शेरबहादुर देउवाले संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै, कार्यसमितिको सहमतिमा महाधिवेशनको मिति तोकी सकेका छन – भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म। यही मितिमा महाधिवेशन हुन्छ कि हुँदैन ? अहिले पनि केही भन्न सकिन्न। अहिलेको अवस्थामा पार्टी सभापति देउवा अरु राजनीतिक कार्यमा ब्यस्त छन। उनी यतिबेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सरकारको प्रतिगमनका बिरुद्ध खडा भएको पाँचदलीय गठबन्धनका मुख्य नेता हुन । प्रधानमन्त्री ओलीले सिफारिश गरेको प्रतिनिधिसभा बिघटन सर्वोच्च अदालतबाट बदरहुने बित्तिकै सभापति देउवाको काँधमा प्रधानमन्त्रीको ठूलो जिम्मेवारी आउने सम्भावना रहेकोछ। कदाचित सभापति देउवा प्रधानमन्त्री नियुक्त भएभने महाधिवेशन अर्को मितिका लागि स्थगितहुने सम्भावना पनि त्यत्तिकै रहेकोछ । यता, महाधिवेशनका मुख्य कार्यहरु अझै सकिएको छैन ।

 

महाधिवेशनको मुख्य काम सदस्यहरुको नामावलीको प्रमाणीकरण हो। यो मामिला सल्टाउन भर्खरै नेताहरु खटिएका छन । देशका अग्रणी बिव्दानहरुले यो पटक महाधिवेशनका लागि कांग्रेसका थुप्रै एजेण्डा भएको अन्दाज गरेका छन । तर, कांग्रेस नेताहरुको टेबुलमा अहिलेसम्म त्यस्तो कुनै एजेण्डाको फाइल देखिएको छैन। अहिलेका लागि, महाधिवेशनको एकमात्र एजेण्डा सभापति तथा पदाधिकारीहरुको चुनाव नै हो। सभापति देउवाले केही दिनअघि कांग्रेस सभापतिको पदमा आफनो बिकल्प कोही नदेखिएकोले दोस्रोपटक पनि आफै चुनाव लडने घोषणा गरेका थिए। त्यसको प्रत्युत्तरमा उप–सभापति बिमलेन्द्र निधिले ‘तेह्रौं महाधिवेशनको लगत्तै चौधौ महाधिवेशनमा आफुले सभापति पदको चुनाव लडने’ घोषणा गरेको कुरा सभापति देउवालाई सम्झाएका थिए। मधेश–पहाड एकता र धर्म–निरपेक्षताका पक्षधर निधि सभापति पदका लागि कस्सिएर सक्रिय भएका छन। सभापति देउवालाई बिमलेन्द्रको उम्मेदवारी निकै बलियो धक्काका रुपमा आएको बताइन्छ। बिमलेन्द्रले शशांक र प्रकाशमानसंग जोडी मिलाएर राजनीतिक विरासतका बीच एकताको सम्भावना पनि खोजेका छन । उनको उम्मेदवारीेले यो पटकको चुनाव अलग खालको र केही हदसम्म आक्रामकहुने संकेत आएकोछ । मानिसमा ‘कांग्रेसी चुनावको रस’ अलिकति बस्न थालेको छ । सभापति बाहेक अन्य पदाधिकारीमा चुनाव लडन समेत नयाँ अनुहार जमजमाएको देखिने सम्भावना बढेको छ। यतिखेर, मानिसमा अब कांग्रेसबाट ‘केही होला कि जेष्ठको लोकप्रियता मात्रै कांग्रेसको चुनाव जित्न पर्याप्त छैन। अहिलेको जमानामा त्याग र तपस्याका कुरा दन्त्यकथा भैसकेका छन।

 

नयाँ जमानासंग निकट रहेका प्रकाशमान सिंहले पनि आफूलाई कांग्रेस सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन। सर्वमान्य नेता गणेशमानसिंहका सुपुत्रका रुपमा प्रकाशमानप्रति जनताको आकर्षण नरहेको होइन। तर, चुनावमा भावनात्मक आकर्षणले खासै अर्थ राख्दैन। त्यसका लागि पर्याप्त योगदान आबश्यक हुन्छ । पार्टी संगठनमा प्रकाशमान सिंहको अलग योगदान होला । त्यसैले पनि, प्रकाशमान सिंह सभापतिको उम्मेदवार हुनु स्वाभाविक हो । उनी अहिले सभापति नभए कहिले हुने ? यो महत्वपूर्ण प्रश्न हो। नेपाली कांग्रेसको पूरै जीवनमा अत्यधिक महत्वराख्ने कोइराला परिवारका तीन सदस्यले कांग्रेस सभापति पदमा निर्वाचन लडने आकांक्षा राखेका छन। हाल निर्वाचित महामन्त्रीका रुपमा कार्यरत डा. शशांक कोइरालाले पार्टी सभापतिको चुनाव लडने कुरा धेरै अघि देखि बताउँदै आएका हुन । उनी नेपाललाई हिन्दू राष्ट्र बनाउने वा नवनाउने कुरामा जनमत संग्रह गराउनुपर्ने बिचार राख्दछन । तर, धार्मिक स्वतन्त्रतालाई आफनो अभीष्ट मान्दछन । बीपी कोइरालाका कान्छा सुपुत्र शशांकमा राजनीतिक समझ र सूझबूझ नभएको होइन। नेपाली कांग्रेसजस्तो राजनीतिक संगठनलाई कसरी आधुनिक हिसावले रुपान्तरितगर्न सकिन्छ?

 

त्यसबारे बिचार गर्नुपर्ने दायित्वबाट उनी पन्छिन चाहँदैनन। नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रिय सदस्य चुनिएका शेखर कोइराला चौधौं महाधिवेशनमा सभापति पदको प्रवल दावेदार बनेका छन । उनले बिगत पाँच बर्षको समयमा अनेक पटक जिल्ला भ्रमण गरेर कांग्रेसीहरुको नाडी छामेका छन । कालाजर रोगका बिशेषज्ञ डा. शेखर कोइराला निर्वाचनबाट पछि हटने मनस्थितिमा देखिदैनन । सुजाता कोइराला पनि कांग्रेसको पहिलो महिला सभापति बन्न चुनावमा उत्रिन चाहन्छिन । सभापतिका अर्का उम्मेदवार महोत्तरीका कल्याण गुरुङ पनि हुन । रामचन्द्र पौडेल तथा कृष्ण सिटौला दुबै नेताहरु यो पटक आफैं ‘किंग’ बन्ने हुन कि ‘किंगमेकर  !! जनकपुर टुडे

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार