• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

'जे छ मोबाइलमै छ'

फ्रेसन्युज संवाददाता,काठमाडौं। ‘हेलो प्लीज सेन्ड मि वान कप अफ टी’ सरकारी कार्यालयमा कार्यरत एक उच्च ओहोदाका कर्मचारीले आधुनिक प्रविधी मोबाइलको एसएमएस मार्फत आफ्नो सहायकलाई सुचना पठाए। जहाँ पहिले–पहिले हाकिमले पियनलाई बोलाउँदा घण्टी बजाउने चलन थियो। ‘अलि छिटो गर है,मलाई बाहिर जानु छ,’अहिले गैरसरकारी कार्यालयहरुमा मात्र होइन अधिकांश सरकारी कार्यालयहरूमा पछिल्लो केही वर्ष यता प्रविधीको प्रयोग बढेको छ ।

 

अत्याधुनिक संचार प्रविधिको विकाससँगै नेपालमा ल्याण्डलाइन टेलिफोन सेवाको प्रयोग अत्याधिक घटेको छ। व्यापार व्यवसायको प्रवद्र्धनका लागि होस् या अन्य पेशामा आवद्ध भएकाहरूले प्रयोग गर्ने मोबाइल हालको दिनमा विलासी वस्तु भन्दा पनि अत्यावश्यक सेवाको रूपमा विस्तार भएको छ । पार्टी या कार्यक्रमको निम्ता होस् अथवा प्रेमि÷प्रेमिकाको डेटिङ सेट गर्न, मोबाइल भरपर्दो माध्यम भएको छ । जसका लागि पनि मोबाइल फोन र त्यसमार्फत गरिने एसएमएस भरपर्दो माध्यम भएको छ । 

 

युवा नेता भुपेन्द्र जङ शाही भन्छन्, ‘पहिला पहिला पेजरको जमाना थियो, खासै मोबाइलको मतलब हुँदैन थियो, तर अहिले यति विस्तार भइसक्यो कि यो नभई दैनिकी नै रोकिन्छ’ एप्पलको आइफोन चलाउने शाहीले भने,‘मोबाइल जीवनकै अभिन्न अङ्ग जस्तै भइसक्यो, यसमा नै सबैकुरा निर्भर हुन्छ, प्रविधिको राम्रो फड्को भएपनि कहिलेकाहीँ नेटवर्कले धोका दिँदा फोन नै फ्याँकिदिउँ जस्तो लाग्छ’ उहाँ प्राय : मेलहरूको लागि पनि मोवाइलमै भरपर्ने बताए । 

 

बेलायतबाट शुरूवात भएको सेलुलर मोवाइल फोनले नेपाल जस्तो अल्पविकसित देशमा पनि गतिलो उपस्थीति बनाएको छ। कुनैबेला मोबाइल फोनको प्रयोग सम्भ्रान्तहरूको विलासितताको साधनको रूपमा थियो । प्रविधिमा जनताको सहज पहुँच र रेमिट्यान्सले गर्दा अहिले नेटवर्क नै नपुगेको गाउँको कुना कन्दरामा पनि मोबाइल फोन पुगेको छ । 


गायक युवराज चौलागाई बजारमा आएको नयाँ नयाँ सेट भन्दा साधारण खालको मोबाइल मनपर्ने बताउँछन् । युवराजलाई मोबाइलमा इन्टरनेट चलाउने काम ठिकै लाग्छ, उनी भन्छन् ‘पहिले दुईवटा मोबाइल फोन बोकेको थिए, तर पछि पुरानो भयो कि जस्तो लागेर नेट मोबाइल चलाएको छु, नेटवर्कका कारण कहिलेकाहीँ फोन नलागेको देख्दा दिक्क लाग्ने, उनको भनाई छ ।

 

अभिनेत्री रेखा थापा आफुले धेरै मोबाइल फरिसकेकोे बताउँछिन् । अहिले वान प्लस मोबाइल चलाइरहेको उनले आफु मोबाइलमा खासै त्यति धेरै समय नबिताउने बताइन ।आफुले धेरै नेपाल टेलिकमको एनटीसि प्रयोग गर्ने र यसको नेटवर्कले खासै दुख नभएको पनि उनको भनाई थियो । 

 

एप्पलको आइफोन चलाउँदै आएका नोवोल एकेडेमीका सस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने, मोबाइल परिवर्तन गर्नु भनेको समय अनुसार हुँदोरहेछ। मोबाइल बोक्न थालेपनि अहिलेसम्म ३ वटा मोवाइल परिवर्तन गरिसकेको उनले बताए । बजारमा आएका नयाँ नयाँ मोडलहरू किन्न मन खासै त्यस्तो रुची नलागेपनि नयाँ नयाँ मोडलहरुको जानकारी भने राख्ने गरेको छु । प्रविधिको विकासले उपयुक्तालाई सजिलो बनाइदिएको श्रेष्ठले बताए । 

 

अहिले धेरै किसिमका मोबाइल फोनहरू बजारका भित्रिएका छन्। मानिसहरू आफ्नो गक्षअनुसार त्यस्तै सेटहरु रोज्छन् । मोबाइल सेट मान्छेको सामाजिक स्टाटस देखाउने राम्रो माध्यमको संकेत बनेको छ। नेपालमा मोबाइल सेवाको विस्तारमा सबैभन्दा अगाडी रहेको टेलिकमले आफनो सेवा नेपालको कुना काप्चामा पुर्‍याएको दावी गर्छ । तर, अधिकांश सेवाग्राहीलाई भने टेलिकमको सेवा भरपर्दो लाग्दैन ।

 

नेपाल दुरसञ्चार प्राधिकरणका उप–निर्देशक सुर्य प्रसाद लामिछाने भने यो कुरा मान्न तयार छैनन्। उनी भन्छन्,’ हामीले ग्राहकलाई जस्तोसुकै सेवा दिएपनि ग्राहकले नराम्रो भन्न कहिल्यै छाडदैनन । मान्छु हाम्रो नेटवर्किङ कहिलेकाँही समस्या हुन्छ । तर यसको मतलब यो होइन कि हामीले दिने सेवा नै भरर्पर्दो छैन ।’ उनको अनुसार अलि अलि समस्या हुनु भनेको सामान्य हो । पोस्टपेड मोबाइल सेवाबाट शुरु भएको नेपाल टेलिकमको मोबाइल सेवा अहिले थ्रिजी हुँदै फोर जीसम्म पुगेको छ । टावरले गर्दा कतिपय ठाउँमा फोरजी सेवा को नेटवर्किङ राम्रो नहुन सक्छ तर पहिलाको तुलनामा अहिले यसमा धेरै सुधार भएको लामिछाने बताए ।

 

एनसीसी बैंकका सिईओ रमेश राज अर्याल आफुले नेपाल टेलिकमकोे सेवा लिईरहेको बताउँछन् । एनसेलको सेवा मैले प्रयोग गरेको छैन । एनटीसीबाट त्यस्तो खासै समस्या नरहेको पनि अर्यालले बताए । अहिले आइफोन ८ बोक्नुभएको उहाँ भन्नुहुन्छ मोबाइल भनेको हरेक समय मान्छेलाई चाहिने कुरा हो । झन अहिले लकडाउनको समयमा त यो एकदमै उपयोगी बनेको छ । पहिला धेरै मोबाइल नचलाउने मान्छेले पनि अहिले मोबाइलको प्रयोग धेरै गर्न थालेको उनको भनाई छ ।


मोबाइल फोनको प्रयोग व्यापक भईसकेको छ । घाँस–दाउरा गर्दागर्दै रूखको हाँगाबाट खाडीमा काम गर्न गएको आफनो श्रीमानसँग माया पिरतीका कुरा गरिरहेका महिलाहरु देखेर अब अचम्म मान्नुपर्दैन । नेतादेखी कलाकार कविदेखि पत्रकार सबैलाई मोबाइलको रन्कोले छोपेको छ। केही बर्षयता मोवाइल फोनको प्रयोगकर्ताको संख्या निकै बढेर गएको छ । एक तथ्याङअनुसार नेपालको कुल जनसंख्यामध्ये अहिले ८० प्रतिशतको हातमा मोबाइल फोन पुगेको छ। आधुनिक सेटमा प्रयोग गर्न मिल्ने थुप्रै प्रकारका एप्लिकेसन तथा गेम्सहरूले गर्दा यसको प्रयोग बढेको हो । सानो फोन भएपनि क्यामेरादेखि फेसबक चलाउन मिल्ने भएपछि ल्यापटप तथा कम्युटर किन्न नसक्नेका लागि पनि यो विकल्पको रूपमा अगाडि आएको छ । 


विश्व बजारमा झै नेपाली बजारमा पनि एप्पलको आइफोन तथा सामसुङ मोबाइलबीच ठुलो प्रतिस्पर्धा रहेको छ । यी दुईपछि नेपाली बजारमा चलेको बाण्ड भनेको नोकिया नै हो । नेपालमा मोबाइल फोनको व्यापार वर्षेनी करोडौं हुने गरेको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार