• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

युथ सर्कलको अभियान १६ औं दिनमा, भोकलाई भोजन जुटाउँदै मनकारीहरु

काठमाडौं । वीपी स्टडी युथ सर्कलको निशुल्क खाना वितरण अभियानले आज १६ औं दिन पुरा गरेको छ। यो अभियानलाई यहाँसम्म ल्याउन स्वदेश तथा बिदेशमा रहेका सयौंं बिभिन्न पेशाकर्मी तथा व्यवसायीको अहम भूमिका रहेको छ ।

 

वीपी स्टडी युथ सर्कलको निशुल्क खाना वितरण अभियानमा नेपाली काङ्ग्रेस नुवाकोट काठमाडौ जिल्ला सम्पर्क समितिको सह सचिव तथा समाजसेवी दिलिप भट्टराईले कार्यक्रममा आफैं सहभागी भएर ५००० (पाँच हजार) सहयोग गरेका छन। यस्तै अभियानमा व्यावसायी गोविन्द खतिवडाले पनि ५१,०० (एकाउन्न सय) अर्थिक सहयोग गरेका छन् । 

 

नुवाकोट बेल्कोटगढी नगरपालिकाका नगर प्रमुख राजेन्द्र रमन खनाल,नेपाली काङ्ग्रेसको नेतृ चन्द्रा भन्डारी,ओखलढुंगा नेपाली काङ्ग्रेसका नेता एवं यातायात व्यवसायी लालबहादुर खड्का, माउन्ट एभरेष्ट यातायात व्यवसायी प्रा.लि का सदस्य प्रकाश श्रेष्ठ, युवा व्यवसायी तथा राजन गिरि,समाजसेवी तथा क्यान्टिन व्यावसायी नारन थापा, समाजसेवी रामकुमार गिरी,नेपाली काङ्ग्रेसका नेता क्यान्टिन व्यवसायी कृष्ण दवाडी, पत्रकार सुवाश जीसी, सामाजिक अभियान्ता पशुपति गिरी, बिकास गिरी, साधना गिरी, दयाराम गिरी, रमन गिरी, कृष्ण गिरी, तिर्थ गिरी, सरोज ठाकुर, भिमबहादुर रोका, बासुदेव गिरी,पुष्कर लम्साल,अस्मिता ढकाल साथै क्यान्टिन व्यवसायी रबिन्द्र ओझा, शिव देबकोटाले अहोरात्र खटेर अभियानलाई साथ दिएका छन ।

 

वीपी स्टडी युथ सर्कलु ले बिगत १५ दिन देखी काठमाडौंमा दैनिक रुपमा ५०० जना भन्दा बढीलाई निशुल्क खाना खुवाउँदै आइरहेको छ। हालसम्म यस अभियानले ८ हजार  बढीलाई निशुल्क खाना वितरण गरिसकेको छ ।

 

निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अवधीभर जारी रहने बीपी युथ सर्कल बागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुबास कट्टेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार