• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

समयमै महाअधिवेशन हुनुपर्छ यसको बिकल्प छैन , युवा माझ चासो र छलफल आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका  केन्द्रिय सदस्य गुरुराज घिमीरेले महाअधिवेशन नजिकिँदै गर्दा युवा जमातबाट प्रश्न उठ्नु, आकांक्षा बढ्नु सकरात्मक भएको बताएका छन ।

 

नेता घिमीरेले पार्टी युवाकरण हुनु अहिलेको आवश्यक रहेको बताए । वीपीको स्मरण गर्दै नेता घिमीरेले भने 'उहाँले युवालाई सधै उत्साह थप्नु हुन्थ्यो, पछि युवाहरुले लोकतन्त्रका लागि लड्नै नपर्ने गरी हामी लड्छौ भन्नुहुन्थ्यो तर अहिले लोकतन्त्र बलियो बनाउन युवा पुस्ता अर्गपंक्तिमा रहेर लड्नुपर्ने भएको छ ।'

 

लोकतन्त्रका बारेमा बहस जे जति भएपनि आन्तरिक लोकतन्त्र बलियो नहुँदा पार्टी कमजोर भएको र केपी ओली जस्ता तानशाह सत्तामा हाबी हुनु दुखद भएको उनले बताए। प्रधान्मन्त्रीका पछिल्ला कदमबारे कटाक्ष गदै नेता घिमीरेले गाउपालिकाको अध्यक्ष हुन पनि योग्यता नपुगेका व्यक्ति प्रधानमन्त्री हुँदा देशले दुख पाएको टिप्पणी गरेका छन। 

 

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले राखेका महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको थियो। कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुनेछ,भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेसले जनाएको छ। 

 

वीपी स्टडी युथ सर्कलले आयोजना गरेको 'आगामी कांग्रेस माहाधिवेशनमा युवानेताहरुको भुमिका' बिषयक भचुर्अल कार्यक्रममा बोल्दै नेविसंघका पुर्व अध्यक्ष रन्जित कर्णले वडा तहबाटै प्रतिनिधि छान्दा इमान्दार बन्न सुझाव दिएका छन। महाधिबेशनमा भोट हाल्न डिजिटल प्रविधीलाई अपनाउन सके चुनाव सफल हुने तर्फ पनि नेता कर्णले संकेत गरे। 'हामीले राजनीति के का लागि गर्ने ? उनले प्रश्न गर्दै भने हामी नेतृत्वलाई  दवाब दिन तयार हुनुपर्छ।'

 

आगामी अधिवेशनमा युवा नेताको भुमिकाबारे बोल्दै नेविसंघका अर्का  पुर्वअध्यक्ष  नैनसिंह महरले  राजनीति भनेको विचार सोचले अगाडि बढाउने र नेतृत्व चयन गर्ने प्रकृया भएकाले  मूल नेतृत्वलाई दवाब दिन छोड्न नहुनेमा उनले जोड दिए ।

 

नेविसंघका पुर्व उपाध्यक्ष  भुपेन्द्र जङ शाहीले व्यक्तिवादी चरित्र र गुटबन्दीले गर्दा पार्टी कमजोर भएको टिप्पणी गरेका छन । 'युवा अब गुट बन्दी र मूल नेतृत्वले जे भन्छ त्यहि कुरा पत्याउने हुनु भएन, सही र गलत छुट्याउन सक्ने युवा नेताहरु पनि किन मौन छन ? ' उनले सबै कांग्रेस आबद्ध युवालाई प्रश्न सोधेका छन ।

 

कार्यक्रममा वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला, प्रदेश १ बाट सचिन शाक्य, बागमती प्रदेशबाट सुमन गिरि, लुम्बिनी प्रदेशबाट लक्षम्ण गौतम र गण्डकी प्रदेशबाट बिनोद केसीले आफ्ना भनाई राखेका थिए। असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशील सदस्य छानविन समितिलाई निर्देशन दिएसंगै युवाहरुबिच चासो र चर्चा बढ्न थालेको छ।

 

हिजोका मन मुटाब र तिक्ततालाई भुलेर आउने महाघिबेशनमा युवालाई नेतृत्वमा ल्याउनसके पार्टी अझै बलियो हुनेमा सहभागीहरुले पार्टीलाई सुझाव दिएका छन । कार्यक्रमको सहजीकरण वीपी स्टडी युथ सर्कलका जगतजंग बिष्टले गरेका थिए। जुम मार्फत संचालित कार्यक्रममा देश तथा बिदेशबाट गरि २ सय बढीले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार