• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

थप १ हजार ६८८ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो ।

 

यसैगरी ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।

 

यस्तै देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार