कविता : परिचय बिनाको मान्छे
किन दगुरिरहेछ मान्छे हस्याङ्ग फस्याङ्ग गर्दै
जीवनको अनगिन्ती मोडहरुमा
स्वाँ स्वाँ र फ्याँफ्याँ गर्दै
बेफुर्सती बनी समयको धारमा
कहाँबाट आएको हो ? अत्तोपत्तो छैन
कहाँ जानुपर्ने हो ?गन्तब्य थाहा छैन
किन आएको ? के गर्नुपर्ने ?त्यो पनि पत्तै छैन
म को हु त ! परिचय नै छैन
खोजी बिना पलापला उमेरसंगै ढल्किदै छ
संगालेको परिस्थितिमा डुब्न लागिसकेको छ
जान्नुपर्ने कुरा थाती राखी खै के खोतल्दै छ
आज बच्न नजानेर पाइला चिप्लाउँदै छ
लिन भने जानेको छ अरुको सम्पति र धन
जित्न खै जानेको आफ्नै प्रियतमको मन
सित्तैमा पाएको मुखमा खै मुस्कान?
बनायौं किन तर्सित डरले मन ?
आफै बाच्न त जानेको छैन
अरु बचाउने त के गर्थ्यो मन
चिन्तन छोडी परको अलिक छिन् गरन मनन
आफ्नो परिचय पाउन लगाउ सबै सत्कर्ममा मन
प्रतिकृया दिनुहोस