• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

कोपा अमेरिका : अर्जेन्टिना शीर्षस्थानमा

काठमाडौं । कोपा अमेरिका कपमा अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्को उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो ।

 

ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । 

 

खेलको १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए। रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । 

 

पछिल्लो चार खेलमा अर्जेन्टिनाको यो पहिलो जित हो । जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार