• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

अब पेयपदार्थको बोतल हटाए जरिवाना लाग्ने

काठमाडौं । युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई यूईएफएले आग्रह गरेको छ ।

 

यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ ।

 

सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानी खान आग्रह गरेका थिए ।

 

फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए ।

 

यस्तै इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार