• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कांग्रेसले गर्‍यो महाधिवेशनको संशोधित कार्यतालिका पारित, महाधिवेशन भदौ १६ देखि १९ सम्म

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । 

 

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले राखेका महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो ।

 

कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुनेछ, भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महत्तले जानकारी दिए ।

 

त्यस्तै असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशील सदस्य छानविन समितिलाई निर्देशन दिइएको उनले बताए । बैठकले दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्तावलाई पनि पारित गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार