• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

युथ सर्कलको अभियान पन्ध्रौं दिनमा, थपिदै सारथीहरु

काठमाडौं । बीपी स्टडी युथ सर्कलको निशुल्क खाना वितरण अभियानले पन्ध्रौं दिन पुरा गरेको छ। यो अभियानलाई यहाँसम्म ल्याउन स्वदेश तथा बिदेशमा रहेका सयौंं बिभिन्न पेशाकर्मी तथा व्यवसायीको अहम भूमिका रहेको छ ।

 

बीपी स्टडी युथ सर्कलको  निशुल्क खाना वितरण  अभियानमा  शिहंराज लामाले गरिब,दिन दुखीहरुको लगि आफै  कार्यक्रममा सहभागी  भएर १५ हजार सहयोग गरेका छन ।

 

अभियानमा यातायात व्यावसायी तारामान बुढाथोकी, एभरेष्ट यातायात ब्यबासायी प्रा.लि का सदस्य लालबहादुर खड्का, ब्यवसायी सचिन गुरागाँईले पनि हातेमालो गरेका छन । 

 

व्यावसायी राजन गिरी क्यान्टिन व्यावसायी नारन थापा राम कुमार गिर ,नेपाली काङ्ग्रेस नेता क्यान्टिन ब्यबसायी कृष्ण दवाडी ,पत्रकार सुबास जि सि,गैर-सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष नारायण गिरीले पनि अभियानलाई साथ दिएका छन ।

 

बीपी स्टडी युथ सर्कलु ले बिगत १४ दिन देखी काठमाडौंमा दैनिक रुपमा ५०० जना भन्दा बढीलाई निशुल्क खाना खुवाउँदै आइरहेको छ। हालसम्म यस अभियानले ८ हजार  बढीलाई निशुल्क खाना वितरण गरिसकेको छ ।

 

निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अवधीभर जारी रहने बीपी युथ सर्कल बागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुबास कट्टेलले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार