• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थपिए २ हजार ७६८ कोरोना संक्रमित,४ हजार २० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।

 

यस्तै देशभर १३ हजार ३७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ८९ हजार २०६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ४४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार