• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

चीनमा फेला पर्‍यो चारवटा हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको जीवावशेष

काठमाडौं । पश्चिमोत्तर चीनमा फेला परेको एउटा भीमकाय जीवका अवशेषहरू प्राचीन कालमा विचरण गर्ने एउटा छुट्टै प्रजातिको गैँडाका भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

 

'प्यारासेराथेरिअम लिन्शियाएन्स' नाम दिइएको उक्त जीव २।६५ करोड वर्षअघि अस्तित्वमा थियो। झन्डै २१ टन तौल भएको उक्त गैँडा चारवटा अफ्रिकी हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो भएको वैज्ञानिकहरूको भनाइ छ।

 

सिङ नभएको उक्त गैँडाले चर्नका लागि सात मिटर अग्ला रूखका टुप्पासम्म टाउको पुर्‍याउन सक्थ्यो। यो निष्कर्ष गान्सु प्रान्तमा भेटिएका जीवाश्मको अध्ययन गरेर निकालिएको हो।

 

डा.दङको टोलीका वैज्ञानिकहरूले यो प्रजातिको गैँडा कुनै बेला अहिलेको पाकिस्तानमा बस्ने विशाल गैँडासँग सम्बन्धित भएको पत्ता लगाएका छन्। यसको अर्थ भीमकाय गैँडाहरूले मध्यएशियाको बाटो हुँदै यात्रा गरेको हुनुपर्छ।

 

पश्चिमोत्तर चीन र भारत तथा पाकिस्तान अवस्थित उपमहाद्वीपबीच त्यो जीवले सजिलै विचरण गरेको थियो भने प्राचीन कालमा अहिलेको तिब्बतको पठारमा केही होचा स्थान पनि हुनुपर्ने देखिन्छ।

 

'उष्ण स्थितिले गर्दा उक्त भीमकाय गैँडाले उत्तरमा मध्यएशियातिर फर्किन पाएको थियो। त्यसको अर्थ तिब्बत क्षेत्र त्यतिबेलासम्म अग्लो पठारको रूपमा उन्नत भइसकेको थिएन,' डा. दङले एउटा विज्ञप्तिमा भनेका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार