• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

घट्यो सुनचाँदीको मुल्य, कतिमा कारोवार हुँदै ?

काठमाडौं । सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको छ । सुन शुक्रबार तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । 

 

सुनको मूल्य शुक्रबार तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि शुक्रबार ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार