• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

ओली र देउवा दुवैले विश्वासको मत प्राप्त गर्नसक्ने आधार देखिएन : शीतल निवास

काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतलाई जवाफ पठाएको छ। विहीबार (आज) महान्यायाधिवक्ताको कार्यालयमार्फत् राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको हो ।

 

राष्ट्रपतिको कार्यालयले जवाफमा प्रधानमन्त्री पदमा दाबी पेश गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले संसदबाट विश्वासको मत पाउने आधार नदेखिएकोले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ ।

 

‘दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले दाबीकर्ता दुवै माननीय सदस्यहरुको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्त गर्न मिल्ने देखिएन’, जवाफमा भनिएको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार