• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थपिए २ हजार ८२८ कोरोना संक्रमित,३ हजार ८२ जना संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार