• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

इजरेलद्वारा गाजामा हवाई आक्रमण

काठमाडौं । इजरेली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ। प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरेली सेनाले पुष्टि गरेको छ।

 

इजरेलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्। हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ।

 

उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई 'आक्रोशको दिन' भनेको थियो। बुधवार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए। यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मङ्गलवार इजरेलतर्फ पठाइएका थिए।

 

दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो। एउटा विज्ञप्तिमा इजरेली डिफेन्स फोर्सले हमासको खान युनिस र गाजा सिटीमा रहेका सैन्य हाताहरूमा उसका लडाकु जेटहरूले आक्रमण गरेको उल्लेख गरेको छ।

 

ती परिसरमा 'आतङ्कवादी गतिविधि' भएको भन्दै उसले आइडिएफ निरन्तर गाजा स्ट्रिपबाट भएका त्यस्ता कार्य रोक्न ुसबै परिस्थितिका लागि तयारु रहेको उल्लेख गरिएको छ।

 

हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रस्ट भइसकेको छैन। तर गाजामा रहेका बीबीसी संवाददाताले सामाजिक सञ्जालमा उक्त भू(भागमा इजरेली ड्रोनहरूको आवाज सुनिएको उल्लेख गर्दै भिडिओ राखेका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार