• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि युद्धस्तरमा जुट्न कांग्रेस सभापति देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि सरकारसंग अपिल गरेका छन्। 

 

आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले विभिन्न जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै युद्धस्तरमा उद्धार र हराएकाहरुको खोजीमा सक्रियताका साथ लाग्न आग्रह गरेका हुन् । 

 

विज्ञप्तीमा भनिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।, उनले आफ्ना पार्टीका कार्यकर्तालाई पनि उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।
 

“स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ,” देउवाले भनेका छन्, “पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपतको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपिल गर्दछु ।”

 

उनले अवका दिन बाढी पहिरोको जोखिम अझ बढ्ने भन्दै पूर्वतयारी मजबुत पार्न तीन तहका सरकारबीच समन्वय गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार