• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

नयाँ शैक्षिक सत्र आजदेखि सुरु

काठमाडौं । सरकारले कोरोना महामारीकै बीच नयाँ शैक्षिक सत्र आजदेखि सुरु गर्दैछ । विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र आजदेखि देशभर सुरु हुन लागेको हो ।

 

परीक्षाहरु सञ्चालन गर्न नपाएपनि देशैभरका विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गरिसकिएको र आजबाट नयाँ भर्ना सुरु हुने बताइएको छ । कक्षा १० सम्मका विद्यार्थीको लागि मात्रै नयाँ शैक्षिक सत्र सुरु गरिन लागेको हो । कक्षा १० को एसईई परीक्षा पनि नहुने र आन्तरिक मूल्यांकन कै आधारमा नतिजा प्रकाशन गरिने भएको छ ।

 

सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ। महानिर्देशक अर्यालले अवस्था सामान्य भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा लिनका लागि सूचित गरिने उल्लेख गर्दै अहिलेलाई वैकल्पिक विधिकै माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।

 

अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरणलाई वैकल्पिक विधिका रूपमा लिइएको छ। विद्यालयले आफ्नो अवस्थाअनुसार बालबालिकाको सिकाइ सहजीकरण गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार