• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

लेखक पाण्डेको ‘जियरा’ बजारमा

काठमाडौं । लेखक नयनराज पाण्डेको  कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ ।

 

निषेधाज्ञाकै कारण कुनै सार्वजनिक कार्यक्रम नै  नगरी पुस्तक बजार पठाइएको प्रकाशकको भनाई छ ।

 

नयाँ फ्लेबरको पुस्तक पढ्न पाऊन्, उनीहरूलाई नयाँ खुराक मिलोस् भनेर फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको जनाएको छ । ‘जियरा’ मा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् ।

 

‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । 

 

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन् ।  पुस्तकको  मूल्य ४७५ रुँपैयाँ तोकिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार