थप २ हजार ९१८ जनामा कोरोना पुष्टि, ५ हजार १४७ डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस