• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

जसपाबाट सरकारमा सहभागी ११ मन्त्रीलाई अध्यक्ष यादवद्वारा स्पष्टीकरण माग

काठमाडौं । जनता समाजवादी पार्टीबाट सहभागी महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण सोधेको छ ।

 

पार्टीको निर्णय बिना नै सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टिकरण सोधका हुन। अध्यक्ष यादवले पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको हो ? भनेर सात दिनको म्यादसहित स्पष्टिकरण सोधिएको जानकारी दिए।

 

जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं.४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदा हुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ । पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।

 

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको र राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेता बनाइएको भन्दै सात दिनभित्र जवाफ दिन भनिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार