• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

नेप्से परिसूचक ३००० अङ्कको कीर्तिमानी विन्दु पार

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले ३००० अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । आज सोमबार ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ। 

 

सोमबार बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८,फाइनान्सको २५, जीवन बीमा समूहको ८१ र निर्जीवन बीमा समूहको शेयर तीन सय सात अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।

 

आज पनि झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ। दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ ।

 

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो । नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन सोमबार १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । तर समग्र बजार बढे पनि माउन्टेन हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार