• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थपिए दुई हजार ४०७ कोरोना संक्रमित,४६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

 

यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने कोारेना संक्रमणका कारण ४६ जनाको मुत्यु भएको छ ।

 

यस्तै काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार