• शनिबार १-८-२०८१/Saturday 04-20-2024
प्रवास

निःशुल्क खाना बितरण अभियानमा प्रवासमा रहेका नेपालीको साथ

काठमाडौं । निःशुल्क खाना बितरण अभियानले यो एक सातामा ३ हजार बढीलाई   खाना बितरण गरिसकिएको छ । 

 

 नुवाकोट सुर्यगढी घर भई हाल  अध्ययन र रोजगारको शिलशीलामा अमेरिका बस्दै आएका रमेश गिरी ,रोजा गिरी, सरिता गिरी र हरिशरण गिरिले संयुक्त रुपमा नगद  ५५  हजार ५ सय ५५ रुपैया   यो अभियानलाई सहयोग गरेका छन ।

 

सो रकम उनीहरुले गरिब दिनदुखीहरुलाई निस्शुल्क खाना खुवाउने कार्यको लागी सहयोग गरेका हुन । 

 

वीपी युथ सर्कलले निषेधाज्ञाको कारण समस्यामा परेका  महानुभावहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँबसपार्क, माछापोखरीमा निशुल्क रुपमा बिहान र साँझ खान वितरण सुरु गरेको हो ।

 

यो अभियानमा कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाही वीपी युथ सर्कलका सुमन गिरी र सुबास कट्टेल लगाएत प्रवासमा रहेका युवाहरुले पनि आर्थिक सहयोग गर्दै आइरहेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार