• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
प्रवास

अमेरिकी वैज्ञानिक नलिनद्वारा नेपाललाई आवश्यक पर्ने खोप उपलब्ध गराउने प्रतिवद्धता

पेन्सेल्भेनिया । जीपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरुले प्रसिद्ध अमेरीकी वैज्ञानिक डा. डेविड नलिनसँग   छलफल गरेका छन ।

 

पेन्सेल्भिनीयामा भएको विशेष भेटघाटका क्रममा  नेपालमा जतिसक्दो चाडो कोरोना विरुद्धको खोप पठाउन उनीहरुले छलफल थालेका हुन। डा.डेविड नलिन जीवन जलका आविष्कार हुन् । उनी अमेरीकी सरकारको स्वास्थ्य र अनुसन्धानको क्षेत्रमा लामो समय काम गरेका सफल वैज्ञानिक हुन् ।

 

फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, पत्रकार मुकुन्द सुवेदी लगायतले नलिनसँग भेट गरी पछिल्लो समयमा नेपाल कोरोना संकटसँग जुधिरहेकाले महामारी नियन्त्रणका लागि नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन अमेरिकी सरकारसँग विशेष पहल गरिदिन आग्रह गरेको छ ।

 

सो भेटमा अमेरिकी वैज्ञानिक नलिनले नेपालमा जतिसक्दो चाडो कोरोना विरुद्धको खोप पठाएर सहयोग गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली जनताको पीडालाई अमेरिकाले नजिकबाट नियालेका कारण नेपाललाई आवश्यक पर्ने खोप उपलब्ध गराउने आफु पनि विस्वास्त रहेको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार