• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । 

 

मुख्यमन्त्री  गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो ।

 

वैशाखमा २९  गते मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए। उनले २७ मत पाए भने  विपक्षमा ३० मत खसेको छ । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।

 

प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे मतदानमा अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । 

 

नेपाली कांग्रेसका १५ जना,नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार