नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले जारी गरेको अन्तरिम आदेशको आठौँ बुँदामा यो प्रकारको अध्यादेश विवादित साथै नेपालको संविधानको धारा (११४) अनुकुल नभएको बताइएको छ ।
यो विचरणीय भएकाले संघिय संसदबाट पारित हुन नसकेको स्थितीमा सो अध्यादेश बमोजिम विपरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानूनी जटिलता पैदा हुने उल्लेख गरिएको छ ।
सर्वोच्चले यसप्रकारको विषयमा संघिय संसदबाट विद्येयक पारित भइ निर्माण भएको एेनबाट नै आवश्यक व्यवस्था मिलाउन उचित हुने पनि उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस