• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

 

विहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन । त्यस्तै, एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा ९एमाले० र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

 

ओलीले आज १ राज्यमन्त्री र ७ मन्त्रीसहित ८ जना थपेसँगै मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय पुरा भएको छ। एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरेका हुन।

 

ओली नेतृत्वको मन्त्रिमन्डलमा खगराज अधिकारी गृहमन्त्री बनेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन्। यस्तै ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई मन्त्री बनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार