• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

यी हुन् नवनियुक्त ८ मन्त्री (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग लाई राखेका छन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

ओलीले आज १ राज्यमन्त्री र ७ मन्त्रीसहित ८ जना थपेसँगै मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय पुरा भएको छ। एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरेका हुन।

 

ओली नेतृत्वको मन्त्रिमन्डलमा खगराज अधिकारी गृहमन्त्री बनेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन्। यस्तै ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई मन्त्री बनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार