यी हुन एकैपटक १० सन्तान जन्माउने अफ्रिकी महिला
काठमाडौं । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चालाई जन्म दिएकी छिन् ।
गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएकी जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् ।
गर्भवती भएको २९ हप्तामा सोमबार साँझ शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।
३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । एकैपटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले बताएको बीबीसीले जनाएको छ ।
एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनको नाममा रहेको छ। यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन्। तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस