• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

महाधिवेशन भदौमै हुन्छ : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमै पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै कोरोना महामारीको बीच अर्थात भदौँमै पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

 

उनले भनेका छन्, ‘यस विषम परिस्थितिमा पनि हामीले भाद्र महिनाभित्र पार्टीको चौँधौँ महाधिवेशन सम्पन्न गर्नुपरेको छ। म देशभरका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु–२०७८ साल भाद्र महिनामा पार्टीको हुन्छ ।’

 

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान रहेको पनि उनले भनेका छन्। साथै, पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको पनि वक्तव्यमा भनेका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार