• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयरको लिलामी खुलेको छ ।

 

उक्त शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । उक्त लिलामीको शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजदेखी असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

 

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ। बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता तथा अधिकतम सबैका लागि आवेदन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 

बोलपत्र असार २९ गते दिउँसो १ बजे एनआईबिएल एस क्यापिटल, लिमिटेड लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार