• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

अब पारासिटामोल सहज तरिकाले नपाइने

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् ।

 

पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

 

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांक अनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।

 

नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन्। ‘नेपाली उद्योगलाई विश्वासमा लिएर चाँडोभन्दा चाँडो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’

 

भारतलगायत देशमा प्रति ट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो ।

 

पारासिटामोल अनावश्यक रूपमा घरमा मौज्दात राख्दा पनि अभाव देखिएको औषधि व्यवसायी औंल्याउ“छन् । अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थ अभाव खड्किदा र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेको औषधि उत्पादक बताउँछन् ।

 

औषधि उत्पादक संघ उपाध्यक्ष सन्तोष बरालका अनुसार केही दिनमै नेपाली उद्योगीले ६० लाख ट्याब्लेट पारासिटामोल बजारमा पु¥याउने तयारी गरेका छन् । यसका लागि आवश्यक कच्चा पदार्थ अभाव र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेका कारण मूल्य समायोजन गरिनुपर्ने बरालको तर्क छ । औषधि उत्पादक संघ महासचिव विप्लव अधिकारीले सामान्य अवस्थाभन्दा अहिले पारासिटामोलको माग ६ गुणा बढेको बताए । प्रशान्त वली/राजधानी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार